• Monday 27th of July 2026

गाउँमै अल्ट्रासाउन्डबाट गर्भ जाँच


  • गोकर्णेश्वर अनलाइन

नाम्खा गाउँपालिकामा गर्भवतीलाई अल्ट्रासाउण्डबाट गाउँमै सेवा प्रदान गरिएको छ । हुम्लाको उत्तरी चीनको तिब्बतसँग जोडिएको नाम्खा गाउँपालिकामा रहेका महिला पछिल्लो समय गर्भाअवस्था हुँदा स्वास्थ्य संस्थामा जाँचका लागि पुग्ने गरेका छन् । गाउँपालिकाको मुचु, याल्वाङ र याङ्गार गाउँमा १० महिलाको गर्भ जाँच गरिएको जिल्ला अस्पतालका वरिष्ठ अनमी सरिता बोहराले जानकारी दिनुभयो ।

नाम्खामा रहेका गर्भवतीहरू सुत्केरी हुन स्वास्थ्यचौकी नगएको अवस्थामा पछिल्लो समय स्वास्थ्य जाँचका लागि स्वास्थ्य संस्थामा पुग्ने गरेको बोहराले बताउनुभयो । पटक–पटक जिल्ला अस्पताल हुम्ला, गाउँपालिका र स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न सङ्घसंस्थाले सुत्केरी महिला स्वास्थ्यचौकीमा गएर आफनो गर्भ जाँच, सुत्केरी गराउन विभिन्न किसिमका जनचेतना तथा सन्देश जारी गरेका कारण केही प्रतिशत मात्रै महिला गर्भ जाँचका लागि आउने गरेको बताइएको छ । नाम्खा गाउँपालिकामा गर्भ जाँच गरिएका १० महिलाको अवस्था सामान्य र राम्रो रहेको अनमी बोहराले बताउनुभयो ।

यो पनि हेर्नुहोस: 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology