• Monday 27th of July 2026

महामन्त्री डा कोइराला कोरोना भाइरस सङ्क्रमण मुक्त


  • गोकर्णेश्वर अनलाइन

नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइराला कोरोना भाइरसमुक्त हुनुभएको छ । उहाँले आज सामाजिक सञ्जालमार्फत आफू कोभिड–१९ मुक्त भएको जानकारी दिनुभएको हो । उहाँको स्बाव परीक्षणका क्रममा आज नेगेटिभ देखिएको हो । गत शनिबार चावहिलस्थित ओम अस्पतालबाट उपचारपछि डिस्चार्ज हुनुभएका महामन्त्री डा कोइराला चिकित्सकको सल्लाहअनुसार होम आइसोलेसनमा रहनुभएको थियो ।

उहाँले अझै केही दिन होम आइसोलेसनमा बस्ने र चाँडै नै पार्टीको नियमित काममा फर्कने जानकारी दिनुभएको छ । कोभिड–१९ को सङ्क्रमण देखिएपछि केही दिन होम आइसोलेसनमा बस्नुभएका उहाँ ज्वरो र निमोनियाका कारण अस्पतालमा भर्ना हुनुभएको थियो । स्वास्थ्यमा सुधार आएपछि उहाँ अस्पतालबाट डिस्चार्ज भएर होम आइसोलेसनमा बस्नुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology