सुदर्शन बजगाई,आशाका किरण मिडिया । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ पिपलबस्तीमा सामुदायिक भवन शिलान्यास भएको छ । पिपलबस्ती भौतिक पुर्वाधार तथा उपभोक्ता समितिका अध्यक्ष दावा तामाङको अध्यक्षतामा भएको कार्यक्रममा संघीय सांसद कृष्ण राईको प्रमुख आतिथ्यता रहेको कार्यक्रम संयोजक राजकुमार श्रेष्ठले आशाका किरण मिडियालाई बताए । स्थानिय पुर्वाधार विकास सझेदारी कार्यक्रम अन्तर्गत ३५ लाखको बजेटमा १ तले सामुदायिक भवन निर्माण हुन लागेको राजकुमार श्रेष्ठले बताए । एक तल्ला यो आर्थिक वर्षमा र दोश्रो र तेस्रो तल्ला आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने योजना रहेको श्रेष्ठले बताए । कार्यक्रममा जि स स सदस्य सान्नानी लामा,वडा सदस्य डम्बर श्रेष्ठ,नन्दलाल श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो ।


