• Tuesday 28th of July 2026

गण्डकी प्रदेशमा १७ जना कोरोना सङ्क्रमित थपिए


  • गोकर्णेश्वर अनलाइन

गण्डकी प्रदेशमा १७ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा सङ्क्रमितको सङ्ख्या चार हजार तीन जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिनुभयो । थपिनेमा कास्कीका १०, गोरखाका पाँच र तनहुँका दुई जना रहेका छन् । सङ्क्रमितमध्ये प्रदेशमा हालसम्म दुई हजार ८३१ जना निको भएका छन् भने ३३ जनाको मृत्यु भएको छ । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १३९ जना पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology