• Sunday 26th of July 2026

दाउरा काट्ने क्रममा रुखको हाँगोले लागेर मृत्यु


  • गोकर्णेश्वर अनलाइन

जङ्गलमा दाउरा काट्ने क्रममा रुखको हाँगोले लागेर फाकफोकथुममा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फाकफोकथुम–४ का २८ वर्षीय भानुभक्त दलार्मी मगर रहेका प्रहरी चौकी आमचोकका प्रमुख सुवेन्द्र कर्णले जानकारी दिनुभयो । काट्दै गरेको रुखले अर्काे रुख लडाउँदा उनीको टाउकोमा लागेको जनाइएको छ । शव परीक्षण गर्न लागेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology