• Monday 27th of July 2026

तनहुँमा एक चितुवा मृतावस्थामा फेला


  • गोकर्णेश्वर अनलाइन

तनहुँमा एक चितुवा मृतावस्थामा फेला परेको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–१ अमारेगाउँमा मृतावस्थामा चितुवा फेला परेको हो । भाले चितुवा मृतावस्थामा फेला परेको डिभिजन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो । विगत एक वर्षको अवधिमा तनहुँका विभिन्न स्थानमा मृत अवस्थामा फेला पर्ने चितुवाको सङ्ख्या सात पुगेको छ ।

डिभिजन वन कार्यालयका अनुसार भानु नगरपालिका–४ कुमालगाउँ, भानु नगरपालिका–९ बाइसजाँगर, भानु नगरपालिका–७ बगैचागाउँ, भानु नगरपालिका–४ कुमालगाउँ, भानु नगरपालिका–७ वसन्तपुर र व्यास नगरपालिका–५ पतेनीमा चितुवा मृतावस्थामा फेला परेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology