• Tuesday 28th of July 2026

बिपी प्रतिष्ठानमा थप सङ्क्रमितको मृत्यु


  • गोकर्णेश्वर अनलाइन

यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इनरुवाका एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । इनरुवा–१ का ८३ वर्षीय पुरुषको आज बिहान २ बजेर १० मिनेटमा उपचारका क्रममा मृत्यु भएको हो ।
प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार उच्च रक्तचाप, मधुमेहलगायत अन्य दीर्घ रोग भएका उनलाई यही कात्तिक ३ गते सङ्क्रमण पुष्टि भई प्रतिष्ठान भर्ना गरिएको थियो । यससँगै प्रतिष्ठानमा सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ६९ पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology