• Monday 27th of July 2026

धानुकको निधनप्रति दुःख व्यक्त


  • गोकर्णेश्वर अनलाइन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महासमिति सदस्य एवं तरुण विभाग सदस्य मेदनी महतो धानुक (मदन मण्डल) को निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । बारा जिल्ला आदर्श कोटवाल गाउँपालिका–५ निवासी धानुकको उपचारका लागि आज काठमाडौंँ ल्याइँदै गर्दा बाटामै निधन भएको हो ।

सभापति देउवाले शोक वक्तव्यमार्फत उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट समवेदना प्रकट गर्नुभएको छ । धानुकले नेपालका लोकतान्त्रिक आन्दोलन र पार्टी संगठनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । कांग्रेसले उहाँको निधनबाट एक होनहार युवा नेतृत्वलाई गुमाएको र अपूरणीय क्षति पुगेको उल्लेख गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology