• Monday 27th of July 2026

घाँस काट्न जाने क्रममा भीरबाट खसेर ३१ वर्षीया महिलाको मृत्यु


  • गोकर्णेश्वर अनलाइन

जिल्लाको बुलिङटार गाउँपालिकामा भीरबाट खसेर एक जना महिलाको मृत्यु भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बुलिङटार गाउँपालिका–५ मा भीरबाट खस्दा स्थानीय ३१ वर्षीया पिहीसरा सार्कीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार बुधबार बिहान लापाकको भीरमा घाँस काट्न जाने क्रममा उहाँको मृत्यु भएको थियो । अबेरसम्म पनि घर नआएपछि उहाँको खोजी गर्दा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । आफन्तले खोजी गर्नेक्रममा भीरबाट करिब २५ मिटर तल खोल्सामा उहाँको शव फेला पारेको मल्लले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology