• Tuesday 28th of July 2026

धौलागिरि अस्पतालमा पिरिआर परीक्षण प्रयोगशाला सञ्चालन हुने


  • गोकर्णेश्वर अनलाइन

धौलागिरि अस्पताल बागलुङमा पिसिआर परीक्षण प्रयोगशाला स्थापना गर्ने नेपाल सरकारको निर्णय चार महिनापछि कार्यान्वयनमा आउन थालेको छ । नेपाल सरकारले गत असार १२ गते धौलागिरी अस्पतालमा कोरोना भाइरस ९कोभिड–१९०को पिसीआर नमूना परीक्षणको अनुमति दिएपनि बजेटको अभावमा पिसीआर मेसिन खरिद गर्न सकिएको थिएन । दुई महिना अघि मात्र पिसीआर मेसिन खरिद गर्नका लागि सरकारले अस्पताललाई रु।एक करोड पठाए पनि बजेट अपर्याप्त भएको भन्दै खरिद प्रक्रियामा जान सकेको थिएन । पछि प्रयोगशाला व्यवस्थापनका लागि थप रु ४० लाख बजेट विनियोजन भएपछि अस्पतालले पिसीआर मेसिन खरिद तथा प्रयोगशाला व्यवस्थापनको प्रक्रिया अगाडि बढाएको हो ।

बजेट प्राप्त भएकाले अब पिसीआर मेसिन खरिदका लागि बायोकेमिकल इञ्जिनीयरबाट लागत इस्टिमेट तयार गरेर खरिद प्रक्रियामा जान लागेको धौलागिरी अस्पताल बागलुङका सूचना अधिकारी तीर्थराज गोतमले जानकारी दिनुभयो । शुरुमा बजेट नभएको र पछि प्राविधिक रुपमा नौलो र पहिलोपटक भएकाले यस विषयमा बुझ्न केही समय लागेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा। शैलेन्द्र विक पोखरेलले जानकारी दिनुभयो । “मेसिन खरिद गरेपछि प्रयोगशाला सञ्चालनमा ल्याउनु पर्दछ, केही औजार छुट भएमा पुनः सञ्चालनमा ढिलाइ हुन सक्छ, त्यसैले लागत इस्टिमेट गर्न समय लागेको हो”, उहाँले भन्नुभयो “एक दुई दिन भित्रै टेन्डर प्रक्रियामा जादैछौं, जति सक्दो छोटो प्रक्रियामार्फत पिसीआर परीक्षण मेसिन खरिद गर्नेछौं ।”

उहाँका अनुसार मेसिन खरिद गरिएपनि दक्ष जनशक्तिको अभावमा प्रयोगशाला सञ्चालनमा कठिनाइ हुने बताइएको छ । धौलागिरी अस्पतालका प्रयोगशाला प्रमुख सुरज बराल पोखरास्थित पिसीआर परीक्षण प्रयोगशालामा गएका कारण प्रयोगशाला सञ्चालन गर्न कठिनाइ हुने डा। पोखरेलको भनाइ छ । मेसिन खरिद र प्रयोगशालाको निर्माण भइसकेपछि त्यसका लागि आवश्यक पर्ने दक्ष जनशक्ति सरकारले व्यवस्थापन गर्नेमा अस्पताल आशावादी रहेको उहाँले बताउनुभयो ।

अस्पतालमा पिसीआर परीक्षण प्रयोगशाला सञ्चालनमा आएपछि बागलुङ, मुस्ताङ, म्याग्दी र पर्वतमा सङ्कलन गरिएको नमूना पोखरा पठाउनुपर्ने बाध्यताको अन्त्य हुनेछ ।

प्रयोगशाला स्थापना गर्ने निर्णयसँगै धौलागिरिवासी उत्साहित भएका छन् । प्रयोगशाला सञ्चालनका लागि कम्तिमा तीन वटा सुविधा सम्पन्न कक्ष र छ जना ल्याव प्राविधिक ९टेक्निसियन० आवश्यक पर्ने धौलागिरी अस्पतालले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology