• Monday 27th of July 2026

मिर्गौलापीडितलाई आर्थिक सहयोग


  • गोकर्णेश्वर अनलाइन

तनहुँको व्यास नगरपालिका–४ निवासी दुवै मिर्गौलापीडित अब्दुल गफारको उपचारका लागि तनहुँ समाज अष्ट्रेलियाबाट आर्थिक सहयोग प्राप्त भएको छ । व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले तनहुँ समाज अष्ट्रेलियाबाट प्राप्त भएको रु ४१ हजार ५०५ शुक्रबार गफारको पत्नी सायरा बुनु कोपिलालाई हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा सहयोग जुटाउन सक्रिय भूमिका खेलेका समाजसेवी युवा अभियानकर्मी लक्ष्मीभक्त खनाल र व्यास युथ क्लबको अध्यक्ष मीनबहादुर गुरुङको सहभागिता रहेको थियो । विभिन्न सञ्चारमाध्यमबाट दुवै मिर्गौला प्रत्यारोपणका लागि रकम अभाव भएको थाहा पाएपछि सहयोग गरेको समाजका महासचिव सूर्य खनालले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology