• Monday 27th of July 2026

चितुवाको आक्रमणबाट १८ वर्षीया किशोेरी मृत्यु


  • गोकर्णेश्वर अनलाइन

चितुवाको आक्रमणबाट डडेल्धुरामा फेरि एक किशोेरीको मृत्यु भएको छ । बैतडीको शिवनाथ गाउँपालिका–४ बगारकी अन्दाजी १८ वर्षीया माया महताको चितुवाको आक्रमणबाट ज्यान गएको प्रहरीले जनाएको छ ।

घाँस काट्न सीमाक्षेत्र डडेल्धुराको भागेश्वर गाउँपालिका–१ मर्मागाड पुगेकी किशोरीको सोमबार चितुवाले आक्रमण गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । डडेल्धुराबाट प्रहरीको टोली घटनास्थलतर्फ गएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले बताउनुभयो । आइतबार मात्रै डडेल्धुराको भागेश्वरमा चितुवाले १२ वर्षीय बालकको ज्यान लिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology