• Tuesday 28th of July 2026

अब पत्थरीको सम्पूर्ण उपचार सुर्खेतबाटै


  • गोकर्णेश्वर अनलाइन

कर्णालीमा भरपर्दो उपचार पद्धति नहुँदा समस्यामा परेका मिर्गौलाको पत्थरीका बिरामीलाई खुसीको खबर छ । अब पत्थरीकै सम्पूर्ण उपचार सुर्खेतबाटै हुने भएको छ । प्रदेश अस्पतालमा लेजर प्रविधिबाट पत्थरी निकाल्न प्रयोग हुने यन्त्र भित्रिएसँगै यससम्बन्धी बिरामीले सुलभ र सहज उपचार पाउने भएका छन् ।

अस्पतालका निर्देशक डा डम्बर खड्काले उक्त यन्त्र रु एक करोड २७ लाखमा खरिद गरेको जानकारी दिनुभयो । उहाँका अनुसार होल्मियम लेजर प्रविधिबाट ढुङ्गालाई धूलो बनाई सिधै पिसाबका माध्यमबाट बाहिर पठाइनेछ । “यो सुविधा प्रदेशमै थिएन, हामीले कर्णालीमा भित्र्याएका छौं”, डा खड्काले भन्नुभयो, “यसले पिसाब नलीबाट रगत बग्ने समस्याको निराकरण हुनुका साथै स्वास्थ्यकर्मीलाई शल्यक्रिया गर्न सहज हुनेछ, हाल लेजर पद्धतिबाट गरिने यूरो सर्जरीको शुरुवात गरेका छौं ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology