• Wednesday 29th of July 2026

निरोगी नेपाल निर्माण अभियानमा आयुर्वेद चिकित्सा उपयोगी


  • गोकर्णेश्वर अनलाइन

निरोग नेपाल निर्माण अभियानमा नेपालको मौलिक चिकित्सा प्रणाली आयुर्वेदको महत्वपूर्ण भूमिका हुने भएकाले यसलाई अझ बढी उपयोगी वनाउनुपर्ने आवश्यकता रहेको आज झापाको शिवसताक्षीमा आयोजित कार्यक्रममा सहभागि वक्ताले बताएका छन् ।

धन्वन्तरि जयन्ती एवं आरोग्य दिवसका उपलक्ष्यमा दूधेस्थित दूधे आयुर्वेद औषधालयद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा उनीहरुले कोभिड –१९ को रोकथाम, उपचार र नियन्त्रणमा आयुर्वेदको पनि महत्वपूर्ण भूमिका हुने भएकाले यसलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले कोरोना भाइरस सङ्क्रमणबाट मानवीय क्षति हुन नदिन आयुर्वेद उपचार पद्धतिलाई अधm बढी व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने बताउँदै आयुर्वेदमा आधुनिक प्रविधि, अनुसन्धान र औद्योगिकीकरणको प्रक्रिया मिसाउनुपर्ने खाँचो औल्याउनुभयो ।

औषधालयका प्रमुख कविराज राजेन्द्र पोखरेलले कोरोना भाइरस सङ्क्रमण रोक्न आयुर्वेद औषधीको असाधारण भूमिका रहेको उल्लेख गर्दै कोरोना भाइरस नियन्त्रणका लागि आयुर्वेद औषधीको प्रयोगलाई बढाउन सबैमा आग्रह गर्नुभयो । उहाँले आयुर्वेद औषधीले रोगप्रतिरोधात्मक क्षमता बढाउने भएकाले यसको सेवनले सबै बिरामीलाई फाइदा पुग्ने बताउनुभयो ।

शिवसताक्षी नगरपालिका–११ का वडाध्यक्ष भैरवकुमार श्रेष्ठको सभापत्विमा सम्पन्न उक्त कार्यक्रममा नगर उपप्रमुख भोजकुमारी नेपाल, वडा नं १० का अध्यक्ष कर्णवहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई, प्रमुख लेखा अधिकृत प्रकाश योङहाङ, स्वास्थ्य शाखाका सञ्जय ठकुरीलगायतले आयुर्वेद चिकित्सा पद्धतिलाई थप व्यवस्थित, गुणस्तरीय र प्रभावकारी वनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology