• Sunday 26th of July 2026

पार्टी एकता जोगाउन आरोपपत्र फिर्ता र निर्वाचनमा आउन आग्रह


  • गोकर्णेश्वर अनलाइन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले यही माघ २३ गते काठमाडौँमा जनसभा गर्ने भएको छ । वाग्मती प्रदेश सङ्गठन कमिटीको आयोजनामा हुने सभामा सफलतापूर्वक सम्पन्न गर्नका लागि शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा एक हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको छ ।

‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ काठमाडौँको भृकुटीमण्डपमा सभा गर्न लागिएको हो । सभा मध्याह्न १२ः०० बजे शुरु हुनेछ । सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यन्त महत्वपूर्ण जानकारी दिने श्रेष्ठले बताउनुभयो । यसअघि यही माघ ९ गते दाहाल–नेपाल समूहले काठमाडौँमा सभा गरेको थियो ।

वाग्मती प्रदेशबाट आज पार्टी कार्यालय धूम्रबराहीमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश कमिटीका अध्यक्ष आनन्द पोखरेलले पार्र्टीभित्र नै काम गर्न नदिएपछि सरकार ताजा जानादेशमा जानु परेको बताउनुभयो । उहाँले वर्तमान परिस्थिति कसरी निर्माण भएको हो, सोको जानकारी दिनका लागि सभा राखिएको बताउनुभयो । उहाँले सभालाई व्यवस्थित बनाउन सबै तयारी पूरा गरिनेसमेत बताउनुभयो ।

नेकपाका सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्र्टी एकतालाई कायम राख्नका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई लगाएको आरोपपत्र फिर्ता लिनुपर्ने र घोषित आगामी वैशाख १७ र २७ गतेको निर्वाचनमा तयार भएर आउनुपर्नेमा जोड दिनुभयो । उहाँले यी दुई कुरा गरेर आउँदा अहिलेको पार्टीको स्थितिलाई टार्न सकिने बताउनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले निर्वाचन आयोगले गरेको निर्णयलाई आफूहरुले सकारात्मकरुपमा लिएको जानकारी दिनुभयो । “आयोगले गरेको निर्णयलाई हामी सम्मान गर्दछौँ, हामीले पार्टीबाट कसैलाई पनि निष्कासन गरेका छैनौं, हामी पार्टी एकताको पक्षमा छौँ”, उहाँले भन्नुभयो, “हिजो आयोगको निर्णयले पनि नेकपा फुटेको छैन, कसैले पनि चाहेर फुटाउन सक्दैन भन्ने पुष्टि गरेको छ ।”

उहाँले सभा राजनीतिक स्थिरताको पक्षमा रहेको भन्दै अराजक गतिविधि गर्ने विपक्षमा सभा रहेको बताउनुभयो । उहाँले हालै मनोनीत गरेका केन्द्रीय सदस्य राजनीतिक भएकाले आवश्यक पर्दा कानूनी रुपमा प्रस्तुत गर्ने बताउनुभयो ।

यस्तै प्रदेश कमिटी अध्यक्ष पोखरेलका अनुसार सभा सफल बनाउनका लागि वाग्मती प्रदेश र उपत्यका विशेष प्रदेशका १७ जिल्ला कमिटीले यही माघ १४ गतेभित्र ५०१ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिनेछ । उक्त कमिटीले आ–आफ्नो जिल्लामा जनपरिचालन गरी सभामा व्यापक जनसहभागिता गराउनेछ ।

प्रदेश अध्यक्ष पोखरेलले यही माघ १७ गतेभित्र सबै पालिकामा ३०१ र वडास्तरमा १०१ सदस्यीय, सम्पर्क समन्वय मञ्चको १०१ सदस्यीय र सबै जनवर्गीय सङ्गठनले यही माघ १५ गतेभित्र ५०१ सदस्यीय जनपरिचालन र कमिटी गठन गर्ने छन् ।

यस्तै राष्ट्रिय युवा सङ्घ, अनेरास्ववियु र नेपाल खेलकूद महासङ्घले दुई हजार एक सदस्यीय स्वयम्सेवक परिचालन गर्नेछन् । माइतीघर मण्डला, त्रिपुरेश्वर, जमल, पुतलीसडक, घण्टाघरलगायत स्थानबाट कलाकारसहितको साङ्गीतिक प्रस्तुति लिएर टोली -यालीमा सहभागी हुने छन् ।

¥यालीको नेतृत्व जिल्लाका महाधिवेशन आयोजक कमिटीका केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष तथा सचिवले गर्नुहुनेछ । ¥यालीमा पार्टीका २१ वटै जनवर्गीय सङ्गठनले आ–आफ्नो पहिचानसहित तथा काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका सबै पालिकाले आ–आफ्नो ब्यानरसहित सहभागी हुने उहाँले बताउनुभयो ।

सभा हुनुभन्दा दुई दिनअघि यही माघ २१ गते काठमाडौँमा १० हजार मोटरसाइकलको -यालीसमेत हुनेछ । जनपरिचालन कमिटीका संयोजक श्रेष्ठले सभामा अराजनीतिक नभएर राजनीतिक, अनुशासित नारा हुने बताउनुभयो । उहाँले नागरिकलाई दुःख समस्या नभई पहिल्यै नै -यालीको हिँड्ने बाटो निर्धारण गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology