• Monday 27th of July 2026

निर्वाचनमा केन्द्रित हुन मन्त्री रायमाझीद्वारा कार्यकर्तालाई निर्देशन


  • गोकर्णेश्वर अनलाइन

उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता टोपबहादुर रायमाझीले आगामी वैशाखमा हुने प्रतिनिधिसभाको निर्वाचनमा केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

नेकपा दोलखा–काठमाडौँ सम्पर्क मञ्चद्वारा आज यहाँ आयोजित ‘बृहत कार्यकर्ता भेला’ लाई सम्बोधन गर्दै उहाँले नेकपा दाहाल–नेपाल समूहका नेता तथा कार्यकर्ताले भ्रम सिर्जना गरिरहेकाले कत्ति पनि भ्रममा नपरी चुनावमा लाग्न निर्देशन दिनुभएको हो ।

पार्टीका स्थायी समिति सदस्यसमेत रहनुभएका मन्त्री रायमाझीले कुनै विचारभन्दा पनि पुष्पकमल दाहाल र माधवकुमार नेपालले पद नपाएका कारण पार्टी छाडेर जानुभएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचन आयोगले पार्टी फुटेको छैन भनेको छ, कि त पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानेर जानुप¥यो कि पार्टी फुटाएर जानुप-यो ।”

सञ्चार, सूचना तथा प्रविधिमन्त्री एवं नेकपाका नेता पार्वत गुरुङले दाहाल–नेपाल नेतृत्वको नेकपाका नेताहरुले पदकै लागि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भइरहेको सन्दर्भमा प्रधानमन्त्रीले बाध्य भएर संसद् विघटन गरेको प्रस्ट पार्नुभयो । उहाँले संविधानको रक्षाका लागि अब ताजा जनादेशमा जानुको विकल्प नभएको उल्लेख गर्दै त्यसका लागि व्यापक तयारीमा लाग्न कार्यकर्तालाई अपिल गर्नुभयो । मन्त्री गुरुङले वर्तमान सरकारले राष्ट्र र राष्ट्रियता, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका क्षेत्रमा गरेको कामलाई जनतासम्म पु¥याउन पनि कार्यकर्तालाई निर्देशन दिनुभयो ।

उहाँले दोलखा जिल्लाका प्रत्येक विद्यालय, वडा र प्रत्येक घरमा इन्टरनेट पु¥याउने सरकारको योजना रहेको जानकारी दिदैं दोलखालाई स्मार्ट दोलखा बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मञ्चका अध्यक्ष गणेश शिवाकोटीले समृद्ध नेपाल निर्माणका लागि स्थिरता, विकास र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology