• Tuesday 28th of July 2026

‘कोभिड देखिए विद्यालय बन्द गर्नू’ – महानगरपालिका


  • गोकर्णेश्वर अनलाइन

काठमाडौँ महानगरपालिकाले विद्यार्थी, शिक्षक वा अन्य कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भए मात्र विद्यालय बन्द गर्ने भएको छ । कामपाले एक विज्ञप्ति जारी गर्दै कुनै पनि विद्यालयमा कोरोना सङ्क्रमण देखिए एक साताका लागि बन्द गर्नसक्ने निर्णय गरेको छ । यसरी बन्द गरिएका विद्यालयमा वैकल्पिक मध्ययमबाट सिक्षण सिकाइ गर्न गराउन पनि कामपाको शिक्षा अधिकारी रामप्रसाद सुवेदीबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

सङ्क्रमण नदेखिएका अवस्थामा विद्यालयमा सामाजिक दूरी कायम गर्ने, मास्क अनिवार्य प्रयोग तथा साबुन पानीले पटकपटक हात धुने, स्यानिटाइजरको प्रयोग गर्नेलगायत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट विगतमा जारी गरिएका मापदण्डको कडाइका साथ पालना गरी अभिभावकको सहमतिमा विद्यालय सञ्चालन गर्न विज्ञप्तिमा भनिएको छ । कामपामा हाल ९१ सामुदायिक र ६४५ वटा संस्थागत गरी ७३६ विद्यालय छन् । यी विद्यालयमा दुई लाख तीन हजार ९७१ विद्यार्थी अध्ययनरत छन् । यसमध्ये एक लाख ५८ हजार ९७१ संस्थागत विद्यालयमा र बाँकी सामुदायिक विद्यालयमा अध्ययन गर्छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology