• Tuesday 28th of July 2026

वालिङ नगरपालिकामा जनस्वास्थ्य विपद् घोषणा


  • गोकर्णेश्वर अनलाइन

स्याङ्जाको वालिङ नगरपालिकाले एक साताका लागि ‘जनस्वास्थ्य विपद् अवस्था’ घोषणा गरेको छ । नयाँ भेरियन्ट कोभिड –१९ को सङ्क्रमण समुदायस्तरमा देखिँदै गएकाले रोकथाम तथा नियन्त्रणका लागि सो घोषणा गरिएको हो ।
वालिङभित्र सङ्क्रमणको दर बढ्दै गएकाले कोभिड–१९ जोखिम व्यवस्थापन केन्द्रको बैठकले नगरभित्र अत्यावश्यकबाहेक सम्पूर्ण सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेको नगर प्रवक्ता केदार काफ्लेले बताउनुभयो । गए राति १२ बजेदेखि लागू हुने गरी यही वैशाख २५ गते राति १२ बजेसम्मका लागि सो घोषणा गरिएको हो ।
वालिङस्थित गह्रौं प्राथमिक अस्पतालको -यापिड रेस्पोन्स टिमले कम्तीमा पनि दुई साताका लागि बन्दाबन्दी गर्न सिफारिस गरेअनुसार नगरस्तरीय जोखिम व्यवस्थापन केन्द्रले एक साताका लागि ‘जनस्वास्थ्य विपद् अवस्था’ घोषणा गरी पूर्ण बन्दाबन्दीका लागि जिल्ला जोखिम व्यवस्थापन केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता काफ्लेले बताउनुभयो ।
प्रवक्ता काफ्लेका अनुसार जनस्वास्थ्य सेवा ऐन २०७५ दफा ४८ को उपदफा ४ एवं जनस्वास्थ्य नियमावली २०७७ को नियम २७ को उपनियम ४ ले दिएको अधिकार प्रयोग गरी वालिङ नगरपालिकाको सिमानाभित्र सो अवस्था घोषणा गरिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology