• Sunday 26th of July 2026

तरकारी खेतीबाट आयआर्जन गर्दै कृषक


  • गोकर्णेश्वर अनलाइन

सप्तरीको दक्षिण पश्चिमी भेगमा हरियो सागसब्जी यतिखेर स्थानीयस्तरमा उत्पादन गरी कृषक आयआर्जन गर्न व्यस्त देखिएका छन् । दोस्रो चरणको कोरोना भाइरसको लहरमा पनि सबैतिर बन्द रहेका बेला सप्तरीको छिन्नमस्ता गाउँपालिकाका कृषकले स्थानीयस्तरमा उत्पादन गरेको हरियो सागसब्जीले सहज बनाएको छ ।

राजविराजसहित स्थानीयवासीले भोग्दै आएको कोरोना महामारीका कारण समस्यालाई दृष्टिगत गरी जिल्लाको दक्षिण भेगका करीब ३२ कृषकले छुट्टाछुट्टै ठाउँमा स्थानीयस्तरमा खेतमा उत्पादन गरेको तरकारी गाउँगाउँ तथा शहरबजारसम्म पु¥याएर बिक्री वितरण गर्ने कार्य कृषक लागि परेको कृषि प्राविधिक रामकुमार साहले जानकारी दिनुभयो ।

सेभ द चिल्ड्रेन तथा सेभ द सप्तरीको सहयोगमा सञ्चालित समुन्ती कार्यक्रम जीविकोपार्जन कार्यक्रमअन्तर्गत जिल्लाको दक्षिणी भेगको छिन्नमस्ता गाउँपालिकाका दुईवटा वडामा अति विपन्न परिवारका कृषक तथा महिला सदस्यले कृषक समूहमार्फत गरेको तरकारी खेतीले स्थानीयस्तरमा हरियो सागसब्जी आपूर्ति व्यवस्थालाई सहज बनाएको कृषि प्राविधिक साहको भनाइ छ ।

उहाँका अनुसार कोरोना भाइरसका कारण सामाजिक दूरी कायम गरी स्थानीयस्तरमा तरकारी अभाव हुन नदिनका लागि उनीहरुले तरकारी उत्पादनमा जोड दिएर बजारसम्म पनि तरकारी पठाएर बिक्रीवितरण गरिरहेका छन् ।

करीब १७ वटा कृषक समूहले तीन बिघा जग्गामा विभिन्न प्रकारका सागसब्जी लगाएका छन् । डिहवारबाबा कृषक समूहले लगाएको त्यहाँ तरकारी उत्पादन गर्न सेभ द सप्तरीले जग्गा भाडामा लिई कृषकलाई निःशुल्क बीउबिजनसमेत सहयोग गरेको छ ।

साथै उनीहरुलाई बीउबिजन, मलखाद, कीटनाशक औषधिलगायतका आवश्यक कृषि औजार तथा सिँचाइका लागि पम्प सेट, बोरिङका लागि यस परियोजनाले सहयोगसमेत गर्दै आएको जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology