• Monday 5th of October 2026

कांग्रेस अन्य दलसँग छलफल गरी अघि बढ्ने


  • गोकर्णेश्वर अनलाइन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पछिल्लो राजनीतिक घटनाक्रमबारे अन्य दलसँग छलफल गरी अघि बढ्ने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज बिहान बसेको पार्टी पदाधिकारी एवम् पूर्वपदाधिकारीको बैठकले राष्ट्रपतिबाट संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठन गर्ने प्रयोजनका लागि गरिएको कदम सम्बन्धमा अन्य दलसँग छलफल गर्ने निर्णय गरेको हो ।

राष्ट्रपतिको पछिल्लो कदम संविधानको मूलमर्म विपरीत भएको निष्कर्ष निकाल्दै बैठकले अन्य दलसँग छलफल गरी अघि बढ्ने निर्णय गरेको कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिनुभयो । राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि आज जेठ ७ गते साँझ ५ः०० बजेसम्म प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभाका सदस्यलाई बिहीबार आह्वान गर्नुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology