• Monday 27th of July 2026

पानीको ट्यांकी भत्किदा उनापानीमा खानेपानी समस्या


  • गोकर्णेश्वर अनलाइन

गतमंगलबार रातिदेखि लगातार परेको अविरल वर्षाका कारण पानीको ट्यांकी भत्किदा जिल्लाको सर्केगाड गाउँपालिका वडा २ उनापानीमा खानेपानी समस्या भएको छ ।

मुहानमा निर्माण गरीएको पानीको ट्यांकी अविरल वर्षाले भत्किएपछि उनापानीको लेख गाउँमा रहेको ७७ घरधुरीले एक घण्टाको पैदल हिडेर खानेपानीको जोहो गर्नुपर्ने बाध्यता रहेको छ । गाउँ नजिक भएको पानीको मुहान सुकेपछि अहिले एक घण्टाको पैदल हिडेर लेख वस्तिबाट औगमा रहेको गाउँमा पानी ल्याउन जानुपर्ने बाध्यता रहेको स्थानीयवासी गगन थापाले बताउनुभयो । ट्यांकी भत्किएपछि गाउँ वरपर नजिक कतै मुहान नभएकाले खानेपनीको लागी गाउँमै पुग्नुपर्ने बाध्यता रहेको उहाँले जानकारी दिनुभयो । सर्केगाड गाउँपालिका र ग्रामीण जलस्रोतको संयुक्त सहयोगमा सो ट्याङ्की निर्माण भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology