• Monday 27th of July 2026

धारिलो हतियार प्रहार गरी आफ्नै छोराको हत्या


  • गोकर्णेश्वर अनलाइन

बाँकेको कोहलपुर निवासी ठाकुरप्रसाद वलीले धारिलो हतियार प्रहार गरी आफ्नै छोराको हत्या गरेको छ । कोहलपुर नगरपालिका–१२ चप्परगौडी निवासी वलीले घरायसी झगडाको विषयलाई लिएर अन्दाजी १८÷१९ वर्षीय छोरा पोषणमाथि गए राति धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार वलीले नुहाउदै गरेका बेला पछाडिबाट खसी काट्ने घरेलु हतियारले छोरालाई घाँटीमा प्रहार गरेका थिए । गम्भीर घाइते पोषणको उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

छोरामाथि हतियार प्रहार गर्ने बाबु ठाकुरलाई प्रहरीले घरबाटै नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको प्रमुख प्रहरी नायब उपरीक्षक खनालले बताउनुुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology