• Monday 27th of July 2026

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा काँङग्रेसका पाण्डे निर्वाचित


  • गोकर्णेश्वर अनलाइन

लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाली कांग्रेसका दृगनारायण पाण्डेले चारहजार १४० मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाँले नेकपा (एमाले) का चन्द्रबहादुर खड्कालाई पराजित गर्नुभएको थियो । खड्काले तीनहजार ६१२ मत प्राप्त गर्नुभएको थियो ।

नव निर्वाचित पाण्डेलाई नेकपा (माओवादी केन्द्र), जनता समाजादी पार्टी, र जनमोर्चाको समर्थन रहेको थियो । घोराही स्थित कर्मचारी मिलन केन्द्रमा आज सम्पन्न मतदानमा २१७ मतदातामध्ये २१४ जनाले मतदान गर्नुभएको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology