• Monday 27th of July 2026

एमाले स्थायी कमिटी बैठक आज


  • गोकर्णेश्वर अनलाइन

नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ः०० बजे बैठक बस्ने भएको हो । बुधबार स्थगन गरिएको बैठक आज बस्न लागिएको एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा पार्टीको आन्तरिक जीवनबारे छलफल हुनेछ ।

एमालेको पार्टीभित्र देखिएको विवाद समाधानका लागि बैठक लगातार बस्दै आएको छ । यता आजै पार्टीका नेता माधवकुमार नेपाल–झलनाथ खनाल पक्षको बैठक पनि बसिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology