• Monday 27th of July 2026

थापाको प्रदेशसभा सदस्य पद रिक्त, जनमतविरुद्ध नजाने थापाको भनाइ


  • गोकर्णेश्वर अनलाइन

गण्डकी प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका तर्फबाट प्रदेश सभा सदस्य रहनुभएका कृष्ण थापाको पद रिक्त भएको छ । प्रदेशसभाको आजको बैठकमा सभामुख नेत्रनाथ अधिकारीले उहाँको पद नरहेको सूचना गराउनुभयो ।
जनमोर्चा केन्द्रीय कार्यालय तथा राष्ट्रिय जनमोर्चा संसदीय दल गण्डकी प्रदेशको आजको पत्र अनुसार पार्टीका तर्फबाट बाग्लुङ जिल्ला निर्वाचन क्षेत्र नं १(ख) बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य थापालाई नेपालको संविधान, २०७२, राजनीतिक दल सम्बन्धी ऐन २०७३ तथा गण्डकी प्रदेश प्रदेशसभा नियमावली,२०७४ बमोजिम प्रदेशसभा सदस्य पदबाट हटाइएको जानकारी गराइएको हो ।
गण्डकीमा सरकार गठनमा निर्णायक जनमोर्चाले नेपाली काँग्रेससहितका विपक्षी गठबन्धनको सरकार गठनमा पहल गर्ने निर्णय गरेकाका थापाले दलको निर्णय अनुसार हस्ताक्षर गर्न नमानेपछि पार्टी निर्णयविपरित कार्य गरेको भन्दै उहाँलाई दलका तर्फबाट कारबाही गरिएको हो ।
यसैबीच सदस्य थापाले पार्टीले सांसद पदबाट हटाएपछि आफू जनताको अभिमत विपरित जान नसकेको प्रतिक्रिया दिनुभएको छ । राससलाई प्रतिक्रिया दिँदै थापाले मतदाताको इच्छा विपरित जान नसककेको बताउनुभयो ।

“काँगे्रेसको सरकार नबन्दा जनमोर्चाको सांसद पद खारेज हुनु इतिहासको मजाक हो, यसबारे इतिहासले मूल्याङकन गर्नेछ”, थापाले भन्नुभयो “जनताको अभिमत विपरित जान सकिन, मतदाताको अभिमतप्रति म सम्मान व्यक्त गर्दछु ।’’ थापा वाम गठबन्धनबाट विजयी हुनुभएको थियो ।

सरकारविरुद्ध ल्याएको अविश्वासको प्रस्तावमाथि दलले समर्थन गरिरहँदा थापाले पार्टीको निर्देशन उल्लङ्घन गर्दै सत्तारुढ नेकपा (एमाले)लाई सहयोग गर्दै आएको भन्दै पार्टीले कारबाही गरको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology