• Monday 27th of July 2026

कोरोना परीक्षण गर्न नमानेका दुई पुरुषको मृत्यु


  • गोकर्णेश्वर अनलाइन

कोरोनाको परीक्षण गर्न अस्वीकार गरेका दुई पुरुषको मृत्यु भएको छ । एन्टिजेन परीक्षणका लागि स्वास्थ्यकर्मीको टोली गाउँमै गएको समयमा परीक्षणका लागि गरिएको आग्रह अस्वीकार गरेका फिदिम नगरपालिका–८ का दुई पुरुषको बिहीबार मृत्यु भएको हो ।

उनीहरुलाई कोरोनाको लक्षणसँग मिल्ने स्वास्थ्य समस्याका कारण मृत्यु भएको हो । फिदिम–८ को कागते र घुमाउनेटार घर भएका क्रमशः ७२ र ६२ वर्षीय पुरुषको मृत्यु भएको वडाध्यक्ष शेरबहादुर नेम्वाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार लक्षण देखिएका उनीहरुको परीक्षण हुन सकेको थिएन । “वडामा टोली आउँदा परीक्षण गराऔँ भनेर मैले नै भनेको हुँ, मान्नुभएको थिएन”, वडाध्यक्ष नेम्वाङले भन्नुभयो, “हिजो दुःखद घटना भयो ।” उनीहरुमा ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने जस्ता स्वास्थ्य समस्या थिए । एकको बिहीबार अपराह्न ३ः०० बजे घरैमा नै मृत्यु भएको थियो भने अर्कालाई श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि फिदिम ल्याउने क्रममा राति ९ः०० बजे बाटैमा मृत्यु भएको वडाध्यक्ष नेम्वाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology