• Sunday 26th of July 2026

नेपाल स्काउट गोकर्णेश्वर नगर समितिको आयोजनामा १५ दिने कोभिड विरुद्ध जनचेतना अभिवृद्धि कार्यक्रम सुरु


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई,आशाका किरण समाचार । नेपाल स्काउट बागमती प्रदेश अन्तर्गतको गोकर्णेश्वर नगर समितिको आयोजनामा १५ दिने कोभिड विरुद्ध जनचेतना अभिवृद्धि कार्यक्रम सुरु भएको छ ।
नेपाल सरकारका स्वास्थ तथा जनसंख्या मन्त्री माननीय शेर बहादुर तामाङले माईकिङमा हिँड्ने स्काउट स्वयंसेवकलाई स्वास्थ सामाग्री हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गर्नु भयो ।
कार्यक्रममा नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीको विशेष आतिथ्यता रहेको थियो भने कार्यक्रममा नेपाल स्काउटका निर्देशक राम प्रसाद भट्टराई,बागमती प्रदेश स्काउटका संयोजक केशरत्न बज्राचार्य,बागमती प्रदेश तदर्थ समिती सदश्य शिवराम अर्याल,नेपाल आदिवासी जनजाती महासंघका सचिव ज्योती लामा,कगेश्वरी नगर संयोजक प्रभु भण्डारी र शंखरापुर नगर संयोजक धर्मभक्त मल्ल लगाएतको उपस्तिथि रहेको थियो ।
जोरपाटी चोकमा सुरु भएको कार्यक्रममा बोल्दै मन्त्री शेरबहादुर तामाङले सबै जनतालाई खोप लगाउन मन्त्रालय लागीपरेको र सो भन्दा अगाडि जनतालाई महामारीबाट जोगाउन स्काउटहरु जनचेतना जगाउन लाग्नुपर्ने घारणा राख्नु भएको थियो ।   
कार्यक्रममा बोल्दै नेपाल स्काउटका राष्ट्रिय तदर्थ समितिका संयोजक लोक बहादुर भण्डारीले टोल टोल र गल्ली-गल्ली पुगेर जनतालाई सचेत बनाउन लाग्न स्काउटहरुलाई आव्हान गर्नुभयो ।
मुलुक संघीयतामा गएसँगै स्काउटले पनि आफ्नो संगठनलाई सोही ढाँचामा लैजान शुरु गरेको छ ।
नपाल स्काउटले कोरोना संक्रणबाट निधन भएकाको शव व्यवस्थापन, जनचेतना अभिवृद्घ, खाद्यान्न वितरण , हेल्प डेस्क संचालन लगायत कोभिड नियन्त्रणको काम गर्दै आएको छ ।
नेपालमा हाल करिव ६४ हजार स्काउट सदस्य छन् ।
व्यक्तिको चारित्रिक तथा व्यक्तित्व विकासका लागि स्काउटले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । युवाहरुमा नेतृत्व विकास, विपत्त व्यवस्थापन, सामाजिक सेवा र राष्ट्रप्रेम जगाउन स्काउटले विभिन्न खालका तालिमहरू प्रदान गर्दै आएको छ ।
मुलुकका लागि आवश्यक सहयोगी युुवाशक्ति निर्माणका लागि, विपत्तीमा सहयोग गर्नसक्ने सहयोगी युुवाहरू उत्पादनका लागि र समाज विकासका लागि स्काउटले सहयोग गर्ने लक्ष्य राखेको छ । हेर्नुहोस् एक रिपोर्ट :

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology