• Friday 24th of July 2026

जोरपाटीको मिलिजुली महिला समूहद्वारा १०५ जनालाई राहत बितरण


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन ।संसार कोरोना महामारीबाट जुधीरहेको छ । नेपालपनि त्यसबाट अछुतो छैन । संसार कोरोनालाई कसरी जित्ने योजना बनाउँदै गर्दा धेरै मानिसले रोजगारी गुमाएका छन् र करोडौं मानिसहरु बेरोजगार बनेका छन् ।

लामो लकडाउनले नेपालीहरुको आर्थिक अवस्थापनी जर्जर बनेको छ । आर्थिक संकटले गर्दा मानिसलाई चुलो बाल्न समेत समस्या पर्न थालेको छ । काम गर्न नपाएपछि विहान कमाएर बेलुका छाक टार्नेको त झन् बेहालनै भएको छ । भोकै बस्नुपर्ने दर्दनाक अवस्था छ ।

नेताहरु सत्ता लिप्सामा रहँदा उनीहरुको बारेमा सोच्ने कोही छैन । यस्ता ब्यक्तीहरुलाईपनि बाँच्ने अधिकार छ र समजामा कृयाशिल समाजिक अभियानताहरुले अब केही गर्नुपर्छ भन्ने ठाने । गोकर्णेश्वर नगरपालिकाको जोरपाटीमा कृयाशिल मिलिजुली समूहले आज १०५ जना बृद्धअबश्था भएका,अशक्त,दलित र एकल महिलाहरूलाई चामल , दाल , नुन, तेल , चिउरा जस्ता खाद्यान्न सामग्रीहरुको वितरण गरेको छ।

राहतमा १५ केजि चामल,३ केजी दाल,३ केजी चिउरा,१ लिटर तेल र १ किलो नुन समावेस गरिएको थियो । आज सामजिक दुरी कायम गर्दै मिलिजुली महिला समूहले बेसिगाउँमा रहेको नपाल महिला तथा बाल सेवा समाजको कार्यालय प्राङ्गणमा राहत वितरण गरेको थियो । कम्तिमा १०-१५ दिनलाई पुग्नेगरी मिलिजुली समुहका सदस्यहरुको उपस्तिथिमा भएको कार्यक्रममा लक डाउनका कारण छाक टार्न मुस्किल भएका अति आवश्यक पर्ने ब्यक्तीहरुलाई पहिचान गरि राहत सामाग्री हस्तान्तरण गरिएको थियो ।

मिलिजुली समूहको सदस्यहरु र अन्य व्यक्तित्वहरुको सहयोगमा कोरोनाको संकट ग्रस्त समयमा अहिलेसम्म १०५ जनाको परिवारलाई खाद्यान्न सहयोग गरेको समुहले जनाएको छ । साच्चिकै भोको मानिसहरूको पेट भर्न केही भुमिका खेल्न सकियकोमा  मिलिजुली समूहले आफै भित्र सन्तुष्टिको अनुभुति गरिरहेका समुहमा सामेल सदस्यहरुले आशाका किरण मिडियालाई बताए ।

आगामी दिनमा कसैको पेट भोको नहोस् , सबैले सुखसाथ बाँच्न सकुन् भनी अभियान चलाईएको अभियानताको तर्क छ । आज राहत वितरण समारोहमा मिलिजुली महिला समूहका शान्ति श्रेष्ठ ,गायत्री दंगाल,सबिता मिश्र,आशा अर्याल,त्रिपुरा श्रेष्ठ,सुशिला बराल लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology