• Sunday 26th of July 2026

गोकर्णेश्वर ५ मा सुरु भयो फोहोरमैला व्यवस्थापन तालिम र जनचेतनामूलक कार्यक्रम


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई,आशाका किरण मिडिया । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ मा रहेको तरना महिला विकास समिती र आशाका किरण मिडिया प्रालिले संचालन गरेको फोहोरमैला व्यवस्थापन सम्बन्धि जनचेतनामुलक कार्यक्रम तथा जनचेतनामूलक कार्यक्रम एक समारोहका साथ सुभारम्भ भएको छ । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ संगको सहकार्यमा  तरना महिला विकास समिती र आशाका किरण मिडिया प्रालिले प्रशिक्षण कार्यक्रम संचालन गरेको हो । तरना महिला विकास समिती ले ३ दिन फोहोरमैला व्यवस्थापन सम्बन्धि प्रशिक्षण इस्टपोल स्कुलको सभाहलमा संचालन गर्नेछ भने आशाका किरण मिडियाले ३ जना स्काउट स्वयंसेवकमार्फत स्पिकरमा जनचेतना जगाउने जिंगल बजाएर ७ दिन गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ का विभिन्न गल्ली गल्लीमा जनता जगाउने काम गर्नेछन् । कार्यक्रममा बागमती सरसफाइ अभियानता उत्तम पुडासैनी र रामहरी श्रेष्ठले  प्रशिक्षण दिनेछन् । उत्घाटन समारोहको प्रमुख आतिथ्यता गोनपा ५ का वडा सदस्य लिला खतिवडाले गरेका थिए भने ,गोनपाका वडा सदस्य मुकुन्द फुयाल,दुर्गा फुयाल लगाएतले कार्यक्रम सफलताको  शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमा बोल्दै प्रमुख अतिथि गोनपा ५ का वडा सदस्य लिला खतिवडाले सिकेका कुरालाई ब्यवहारमा उतार्न अनुरोध गरेका थिए । फोहोरमैला व्यवस्थापन तालिम ३ दिन चल्ने छ भने माईकिङ ७ दिनसम्म चल्ने छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology