• Monday 27th of July 2026

‘एमाले बहिर्गमनको कारण दलकै नेता’ -मुख्यमन्त्री पौडेल


  • गोकर्णेश्वर अनलाइन

 

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एमालेको सत्ता बहिर्गमनको कारण दलकै नेताहरु भएको विचार व्यक्त गर्नुभएको छ । हेटौँडा–१४ मयूरधापमा पार्टी प्रवेश कार्यक्रममा मुख्यमन्त्री पौडेलले समृद्ध नेपाल सुखी नेपाली निर्माणको महाभियानमा लागिरहेको इतिहासकै सफल केपी शर्मा ओली नेतृत्वको सरकारलाई सत्ताबाट बाहिर बनाउन सफलता हात पारेकाहरुको खुशी एक महिनामै दुःखमा परिणत हुने जिकिर गर्नुभयो ।
कार्यक्रममा एमाले वाग्मती प्रदेश सङ्गठन विभाग प्रमुख अनन्त पौडेलले देशमा एकाएक कानूनी राजको अन्त्य भएको विचार व्यक्त गर्नुभयो । वाग्मती प्रदेशसभा सदस्य जेनेली श्रेष्ठले नेपाली जनताले एमालेलाई विकासको संवाहकका रुपमा बुझिसकेका छन् भन्नुभयो । कार्यक्रममा विभिन्न दल परित्याग गरी ५० जनाभन्दा बढी एमाले प्रवेश गरेका थिए । उनीहरुलाई मुख्यमन्त्री पौडेललगायत नेताले माला लगाएर स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology