सुदर्शन बजगाई,गोकर्णेश्वरअनलाइन। गोकर्णेश्वर नगरपालिकाले अर्को तमासा देखाएको छ । पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा आएको अमेरिकी खोप जोन्सन एन्ड जोन्सनको शुभारम्भ भन्दै प्रधानमन्त्री शेर बहादुर देउवालाई बोलाएर गरिएको कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाले मितिनै गल्ती लेखेर नगरपालिकाको धज्जी उडाएको छ । प्रधानमन्त्री आउने कार्यक्रममा कार्यक्रमको मितिनै गल्ती लेखेर नगरपालिकाको काम गराई प्रष्ट भएको स्थानिय बताउँछन् । प्रधानमन्त्री बनेको मिति भन्दा अधिल्लो मिति राखेर गोकर्णेश्वर नगरपालिकाले प्रधानमन्त्रीको बेइज्जत गर्न खोजेको स्थानीयको तर्क छ । मुलुकको कार्यकरी प्रधानमन्त्री आउने कार्यक्रममा यस्तो भुललाई सामान्य मान्न नमिल्ने जनताको आवाज छ । कार्यक्रमको मिति २०७८ साउन ४ हुनु पर्नेमा २०७८ असार ४ गते भएको थियो ।नेकपा एमालेका नेता हरिकृष्ण श्रेष्ठले यो गल्ती काँग्रेसी नेताहरुको र मुलत मेयर सन्तोष चालिसेको सत्ता उन्मादको नाँगो नाच भएको र यस्ता तमासा र चटक सन्तोष चालिसेको कार्यकालमा धेरै देख्न पाइने बताउनु भयो ।
