• Monday 27th of July 2026

एमाले स्थायी कमिटी बैठक मङ्गलबार


  • गोकर्णेश्वर अनलाइन

नेकपा (एमाले) को स्थायी कमिटी बैठक मङ्गलबार बस्ने भएको छ । सो बैठकमा मध्यमार्गी पक्षमा रहेका नेताहरु पनि उपस्थित हुने जनाइएको छ ।

विगतमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा खुलेका भए पनि हाल एमालेमै रहेका उपाध्यक्ष डा भीम रावललगायतका नेता र अध्यक्ष केपी शर्मा ओलीबीच आज भएको छलफलमा स्थायी कमिटी बैठक गरी पार्टीलाई गतिशील बनाउने सहमति भएको हो ।

उहाँहरुबीच गत असार २७ मा भएको १० बुँदे सहमतिबमोजिम अघि बढ्ने समझदारी बनेको बताइएको छ । एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले मङ्गलबार ११ बजेका लागि च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बैठक बस्ने तय भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology