• Monday 27th of July 2026

आजदेखि सङ्घीय संसद्को दशौँ अधिवेशन


  • गोकर्णेश्वर अनलाइन

सङ्घीय संसद्को दुवै सदनको दशौँ अधिवेशन आजदेखि सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा आज अपराह्न ४ बजेका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गर्नुभएको हो ।

अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा सभामुखले राष्ट्रपतिबाट अधिवेशन आव्हानसम्बन्धी पत्र वाचन गर्ने, सभामुखको अनुस्थितिमा बैठकमा अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्ने र गृहमन्त्री बालकृष्ण खाँणले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ पेश गर्नेलगायत सम्भावित कार्यसूची रहेको बताइएको छ ।

यस्तै नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८’, आर्थिक अध्यादेश, २०७८’, विनियोजन अध्यादेश, २०७८, ‘राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८’ ‘शपथसम्बन्धी अध्यादेश, २०७८’, ‘रेल्वे सम्बन्धी अध्यादेश, २०७८’, ‘औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७८’ लाई स्वकृतिका लागि पेश गर्ने, ‘कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८’, ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश, २०७८’, ‘सामाजिक सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८’ स्वीकृतिका लागि पेश गरिने कार्यसूची छ ।

प्रतिनिधिसभाको गत अधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गर्नुभएको थियो । गत साउन ३२ गते सदनको नवौँ अधिवेशनको अन्त्य भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology