• Monday 27th of July 2026

संसद् बैठक शुरु, सभामुखद्वारा बैठक अवरोध नगर्न आग्रह


  • गोकर्णेश्वर अनलाइन

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठक अवरोध नगर्न प्रमुख प्रतिपक्षी दल (नेकपा एमाले) का सांसदहरुलाई आग्रह गर्नुभएको छ ।

आजको बैठक सुरु हुनेवित्तिकै एमालेका सांसदहरुले नाराबाजी गर्दै बैठक अवरोध गर्नुभएको थियो । एमालेका सांसदहरुको लगातारको अवरोधपछि सभामुख सापकोटाले बैठक सहजरुपमा सञ्चालन गर्नका लागि पटकपटक आग्रह गर्नुभएको थियो ।

उहाँले बैठक नियमित अवरोध गर्दा अन्य सांसदको अधिकार सङ्कुचन हुने भन्दै बैठक सहज रुपमा सञ्चालन गर्नका लागि सहयोग गर्न र संवादबाट नै सबै समस्याको निकासका लागि आग्रह गर्नुभयो ।

उहाँले सर्वोच्च अदालतमा विचाराधीन न्याय निरुपणको विषय संसद्मा छलफल गर्न प्रतिबन्ध रहेको कानूनका बारेमासमेत ध्यानाकर्षण गराउनुभएको थियो ।

एमालेले यस अधिवेशनको प्रारम्भदेखि नै आफ्नो पार्टीले कारवाही गरेका सांसदलाई प्रतिनिधिसभा प्रवेशमा रोक लगाउनुपर्ने मागसहित विरोध गर्दै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology