• Wednesday 29th of July 2026

स्काउटका निवर्तमान संयोजक भण्डारी भन्छन्- म होइन, सरकार असक्षम छ


  • गोकर्णेश्वर अनलाइन

११ असोज, काठमाडौं । नेपाल स्काउटका निवर्तमान संयोजक लोकबहादुर भण्डारीले आफू नभई सरकार असक्षम भएको बताएका छन् ।

जिम्मेवारी पूरा नगरेको भन्दै सरकारले ८ असोजमा भण्डारी नेतृत्वको राष्ट्रिय तदर्थ समिति खारेज गरेको थियो । सोमबार सरकारको पत्र बुझेपछि निवर्तमान संयोजक भण्डारीले कानूनी सल्लाह गरेर अघि बढ्ने बताए ।

आफ्नो नेतृत्वको तदर्थ समितिले जिम्मेवारी पूरा गर्न नसकेको सरकारको दाबी उनले अस्वीकार गरे । ‘मैले होइन, सरकारले जिम्मेवारी पूरा गरेन,’ भण्डारीले भने, ‘सरकारले हामीलाई ऐन दिनुपर्थ्यो, त्यसको ६ महिनाभित्र हामीले निर्वाचन गर्नुपर्थ्यो । तर सरकार असक्षम छ, किनकि सरकारले ऐन दिन सकेन ।’

स्काउटको ऐन अहिले मन्त्रिपरिषद्को विधायन समितिमा अड्किरहेको उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology