सुदर्शन बजगाई,आशाका किरण समाचार ।नेकपा एमालेले गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ मा कल्पना राजचलको नेतृत्वमा ३१ सदस्यीय कमिट चयन गरेको छ । नेकपा एमाले गोकर्णेश्वर न.पा– ८ नं वडा कमिटीको प्रथम ऐतिहासिक वडा अधिवेशनबाट सर्बसम्मत रुपमा अध्यक्षमा कल्पना राजचल, उपाध्यक्षमा ओम प्रसाद ढकाल, सचिबमा सुमन लामा , उप–सचिवमा चन्द्रलाल श्रेष्ठ र कल्पना शर्मा लगाएत ३१ जना सर्वसम्मत रुपमा चयन भएका हुन् ।।कमिटीको कार्यकाल नेकपा एमालेको संशोधित विधान अनुसार ३ वर्ष रहेको छ ।
