सुदर्शन बजगाई,आशाका किरण समाचार । नेकपा एमालेले गोकर्णेश्वर नगरपालिका वडा नम्बर ७ मा दिपेन्द्र गुरुङको नेतृत्वमा ३१ सदस्यीय कमिट चयन गरेको छ । नेकपा एमाले गोकर्णेश्वर न.पा– ७ नं वडा कमिटीको प्रथम ऐतिहासिक वडा अधिवेशनबाट सर्बसम्मत रुपमा अध्यक्षमा दिपेन्द्र गुरुङ,उपाध्यक्षमा नेत्र प्रसाद दंगाल,सचिबमा अर्जुन गौतम, उप–सचिवमा बिन्दा सापकोटा र नुन बहादुर थापा लगाएत ३१ जना सर्वसम्मत रुपमा चयन भएका हुन् । कमिटीको कार्यकाल नेकपा एमालेको संशोधित विधान अनुसार ३ वर्ष रहेको छ ।
