सुदर्शन बजगाई,आशाका किरण समाचार । नेकपा एमाले कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ को अधिवेशनबाट अध्यक्षमा प्रभु भण्डारी सर्वसम्मत रुपमा चयन भएका छन् । भण्डारीको नेतृत्वमा चयन भएको कमिटीको उपाध्यक्षमा बिना प्याकुरेल,सचिवमा सुरक्षा लुईटेल र उपसचिवमा जयराम कार्की र सुनिता खड्का सहित २१ सदस्यीय कमिटी सर्वसम्मत रुपमा चयन भएको हो । एमालेको विधान अनुसार वडा कमिटीको कार्यकाल ३ वर्षको रहनेछ ।
