• Wednesday 29th of July 2026

एकताको मर्म बिपरित एमाले गोकर्णेश्वरको अधिवेशन सम्पन्न ,पदाधिकारीमा पुर्व माओवादीलाई पाखा


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन । नेकपा एमालेको गोकर्णेश्वर नगर अधिवेशनमा नेकपा एकता पश्चात् एमालेमै बसेका माओवादी नेताहरुलाई पाखा लगाउने काम भएको छ । ५ मध्य दुई पदाधिकारी दावा गरेको पुर्व माओवादीलाई नेकपा एमाले काठमाडौ जिल्ला अध्यक्ष कृष्ण राईको ठाडो निर्देशनमा पाखा लगाईएको हो । एक माओवादी नेताले एकताको मर्मविपरीत सर्वसम्मत कमिटी चयन गर्ने नाउँमा पार्टी अध्यक्ष केपी ओलीले भने अनुसार नेकपाको निरन्तरतानै नेकपा एमाले हो भन्ने कुरालाई असफल बनाउन माओवादी साथीहरुलाई प्रमुख पद नदिएर पाखा लगाउन खोजिएको आरोप लगाए ।एमाले काठमाडौ जिल्ला अध्यक्ष कृष्ण राईको आफ्नै नगरपालिकामा एमालेमा समाहित भएका पुर्व माओवादीलाई पदाधिकारीमा कुनै स्थान नदिएर पाखा लगाउन खोजेको ती नेताको आरोप छ । एमालेलाई ठूलो पार्टी बनाउन आफुहरु एमालेमै समाहित भएतापनी एमाले जिल्ला नेतृत्वले पुर्व माओवादी कार्यकर्ताको उत्साह कम गर्ने प्रयास गरेको एक कार्यकर्ताले बताए । छिमेकी नगर कागेस्वारी मनोहरा र शंखरापुर नगरपालिकामा नगर अधिवेशनमा नगर कमिटिको उपाध्यक्ष र कमिटीमा सम्मान जनक स्थान दिएतापनी पार्टी जिल्ला अध्यक्षकै नगरमा बाईपास गरेर एमाले नेतृत्व एमालेमा समाहित भएको माओवादीहरुप्रती कति अनुदार छन् भन्ने सन्देश दिएको माओवादी नेताहरु बताउँछन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology