• Wednesday 29th of July 2026

को बन्ला काठमाडौं ३ बाट नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन प्रतितिधी ?


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन । नेकपा एमालेको मंसिर १० देखि १२ गते सम्म चितवनमा हुने १० राष्ट्रिय महाधिवेशनले यतीखेर राजनीति तताएको छ । गोदावरीमा प्रथम ऐतिहासिक विधान अधिवेशन गरेर महाधिवेशनमा होमिएको नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेसनले देशको राजनीतिलाई डोर्‍याउने निस्चित छ । नीति र विधानमा विधान अधिवेशनमार्फत टुंगो लगाएको एमालेले महाधिवेशन नयाँ नेतृत्व चयन गर्ने र आफ्नो शक्ति पर्दशन गर्न केन्द्रित हुने देखिन्छ ।

नेकपा एमालेको १० औ राष्ट्रिय महाधिवेशनको चर्चा चलिरहँदा काठमाडौं ३ मा समेत को-को प्रतिनिधि चयन होलान् भनेर कार्यकर्ता बृत्तमा चर्चा परिचर्चा सुरु हुन् थालेको छ । काठमाडौं ३ बाट १ महिला र ३  पुरुष गरि ४  जनाले महाधिवेशनमा भाग लिएर नयाँ नेतृत्व चयन गर्ने अवसर पाउनेछन् । महाधिवेशन प्रतिनिधि चयन हुने ब्यक्तीले आफ्नो प्रभाव जाँच्ने अवसर समेत प्राप्त गर्ने गर्दछन्। काठमाडौं ३ मा रोचक प्रसंग के छ भने यसअघि नेकपा एमाले काठमाडौं जिल्ला अध्यक्ष कृष्ण राईनै पराजित भएका थिए ।

९ औं महाधिवेशनमा काठमाडौं ३ बाट गोपाल बराल,उद्धव खड्का,हरिकृष्ण श्रेष्ठ र लक्ष्मी श्रेष्ठ प्रतिनिधि गएका थिए । गोपाल बराल,,उद्धव खड्का र लक्ष्मी श्रेष्ठ नेकपा एकीकृत समाजवादी पार्टीमा सक्रिय छन् ।काठमाडौं ३ मा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य हरिकृष्ण श्रेष्ठ,विश्वराज श्रेष्ठ,रामशरण ढुंगान,छिरिङ दोर्जे लामा र तुलसी पौडेलले दाबी प्रस्तुत गर्न थालिसकेका छन् ।

त्यस्तै नेकपा एमाले काठमाडौं जिल्ला सदस्य पुण्यप्रसाद चौलागाईं,बिरेन्द्र लामा,केशव प्रसाद सिंखडापनी यसपाली प्रतिनिधि बनेर महाधिवेशनमा सहभागी हुन चाहेको श्रोत बताउँछ । अघिल्लो पटक प्रतिनिधि गएकालाई भन्दा नयाँलाई यो पटक प्रतिनिधि लग्नुपर्ने आवाज उठिरहेको बेलामा यो रेसमा नेकपा एमाले गोकर्णेश्वर नगर कमिटीका अध्यक्ष उद्धव विस्ट समेत थपिएका छन् । सर्वसम्मत प्रतिनिधि पठाउन प्रयास हुने भएतापनी नेताहरुको दौड धुप हेर्दा यो पालीपनी प्रतिनिधीको लागि  मतदान हुने देखिन्छ ।

त्यस्तै महिला तर्फ नेकपा एमाले बागमती प्रदेश सदस्य शान्ती श्रेष्ठ ,काठमाडौं जिल्ला सदस्य तारा पुडासैनी र सान्नानी लामा सम्भावित उम्मेदवारको रुपमा देखा परेका छन् । सतहमा माथी उल्लेखित नाम चर्चामा आएतापनी यो संख्या थपिने एमाले श्रोत बताउँछ ।

महाधिवेशन प्रतिनिधि छनोटले काठमाडौं ३ मा कसको शक्ति कति छ त्यसको जाँच समेत हुने छ । कार्यकर्ताले कसलाई बढी रुचाउँछन् त्यो भने कुरेर हेर्न बाँकी छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology