सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन । नेकपा एकीकृत समाजवादीले संगठन निर्माणलाई तिब्रता दिएको छ । नेकपा एमालेको बलियो जनाधार रहेको काठमाडौं ३ मा समेत एकीकृत समाजवादीले आफ्नो दरिलो उपस्थिति देखाएको छ । काठमाडौं ३ बाट विश्वनाथ प्याकुरेल नेकपा एकीकृत समाजवादीको स्थाई कमिटी सदस्य छन भने गोपाल बराल पोलिटब्युरो सदस्य छन् । बागमती प्रदेश कमिटीमा र उपत्यका विशेष प्रदेशमा समेत काठमाडौं ३ बाट दुई जना सदस्य छन् । उद्धव खड्का र मन्दिर तिमिल्सिना नेकपा एसको बागमती प्रदेश कमिटी र उपत्यका विशेष प्रदेश कमिटीमा प्रतिनिधित्व गर्छन् ।
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको विधान अनुसार क्षेत्रीय कमिटी गठनको लागि क्षेत्र भित्रबाट जिल्ला कमिटीमा प्रतिनिधित्व गर्ने जिल्ला कमिटीका सदस्यहरु मध्येबाट जिल्ला कमिटीले तोकेको कुनै एकजना सदस्य क्षेत्रीय कमिटीको संयोजक र सदस्यहरुमा सोही क्षेत्रमा बसोबास गर्ने पार्टीका संगठित सदस्य रहेका क्षेत्रीय स्तरका कार्यकर्ताहरु मध्यबाट पार्टीले चयन गर्ने प्रावधान रहेको नेकपा एसका उपत्यका विशेष प्रदेश प्रदेश कमिटी सदस्य मन्दिर तिमिल्सिनाले गोकर्णेश्वर अनलाइनलाई बताए ।
कार्तिक २३ गते नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश कमिटीका अध्यक्ष सावित्रा भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको क्षेत्रीय कमिटी गठन कार्यक्रमको बिशेष आतिथ्यता स्थायी कमिटी सदस्य बिश्वनाथ प्याकुरेलको रहेको थियो । कार्यक्रममा अतिथिहरुमा पोलिटब्युरो सदस्य गोपाल बराल ,प्रदेश कमिटी सदस्य उद्दव खड्का ,उपत्यका बिशेष प्रदेश कमिटी सदस्य मन्दिर तिमिल्सिना र काठमाडौ जिल्ला कमिटीका उपसचिव एल.पि श्रेष्ठसमेतको उपस्थिति रहेको थियो ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) काठमाडौं क्षेत्र नं ३ को नवगठित कमिटी निम्नानुसार रहेको छ :
संयोजकमा विमल अर्याल र पदेन सदस्यहरुमा गोबिन्द बहादुर श्रेष्ठ, गोकुल धिमाल, श्याम खतिवडा, जि.पि शर्मा, चित्रबहादुर रसाइली, केशव प्रसाद पुडासैनी, गोकुल बराल, सरोजकुमार श्रेष्ठ, केशव प्रसाद दंगाल, लक्ष्मी श्रेष्ठ, अच्युत पण्डित, सरस्वती नेपाल, गणेश तिरुवा, लक्ष्मीराम बराल र अन्य सदस्यहरुमा डोल्मा लामा, मोहनकुमारी शाह, विनय सिंखडा, लक्ष्मी बराल, शिव प्रसाद पौडेल, रामनाथ खनाल, राधाकृष्ण रिजाल, बसन्त लामा, राजकुमार कार्की, योगेश्वर घोरासौनी,इश्वरी प्रसाद सुवेदी, सुर्य बहादुर थापा, देव श्रेष्ठ, उत्तम खड्का, शालिकराम कुईंकेल, आत्माराम सापकोटा, नवराज पुडासैनी, दल बहादुर लामा, राजन खतिवडा, श्रीदेवी श्रेष्ठलगायत रहेका छन् ।
नेकपा (एकिकृत समाजवादी) काठमाडौं क्षेत्र नं ३ ले मङ्सिर महिना भित्रमा नगर कमिटी, वडा कमिटी र सेल कमिटीसमेत गठन गरिसक्ने योजना बनाएको क्षेत्रीय संयोजक विमल अर्यालले बताए ।
