सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन । देश चुनावमा होमिएको बेला काठमाडौं नतात्ने कुरै भएन । त्यसमा पनि काठमाडौं को उत्तरपुर्वमा रहेको काठमाडौं ३ मा चुनावी चहल पहल सुरु भैसकेको छ ।
गोकर्णेश्वर अनलाइनले चुनाव नजिकिँदै गर्दा काठमाडौं ३ मा विगतको समानुपातिक मत लाई आधार मानेर कुन दल कति बलियो भन्ने देखाउन खोजेका छौं ।
२०७४ को प्रतिनिधि सभामा खसेको मतलाई आधार मानेर हेर्दा काठमाडौं ३ मा नेकपा एमाले पहिलो शक्तिको रुपमा रहेको छ ।
त्यस्तै दोश्रोमा नेपाली काँग्रेस,तेस्रोमा विवेकशील सझा,चौथोमा माओवादी केन्द्र र पाँचौमा राप्रपा नेपाल रहेको छ ।
२०७४ मा भएको चुनावको समानुपातिक तर्फ नेकपा एमालेले १४५०१ मत,नेपाली काँग्रेसले १२८०० मत,विवेकशील साझाले ४१८६ मत ,नेकपा माओवादी केन्द्रले ३११८ मत र राप्रपा नेपालले ६७४ मत प्राप्त गरेको थियो।
विगतको समानुपातिक मत हेर्दा यस पटक समेत काठमाडौं ३ मा नेकपा एमाले र नेपाली काँग्रेसकै कडा टक्कर हुने देखिन्छ ।
नेकपा एमालेबाट फुटेको नेकपा एकीकृत समाजवादीले एमालेको केही मत घटाउने निस्चित भएको छ । एमालेको मत घट्दा काँग्रेसपनी गुटबन्दीको चरम समस्याबाट गुज्रिएको छ ।
काठमाडौं ३ मा को बलियो भनेर अब आउने निर्वाचनबाटनै प्रस्ट हुनेछ ।
