सुदर्शन बजगाई,आशाका किरण समाचार । प्रवासी नेपाली मंच रसियाकी अध्यक्ष डा बिमला भण्डारी नेकपा एमालेको मंसिर १०देखि १२ सम्म चितवनमा हुने १० औं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि चयन भएकी छिन् । प्रवासमा रहेका नेपालीको समस्या समाधान गर्न एन आर एन लगायत विभिन्न संघ संस्थामा आबद्ध रहि समाजसेवामार्फत प्रवास अभियानमा सकृय भण्डारी विगत १९ वर्ष देखि प्रवासी नेपालीको हक हित र अधिकार स्थापित गर्न सकृय छिन् ।
नेकपा एमालेको १० ओैं राष्ट्रिय महाधिवेशनका लागि प्रबासी नेपाली मंच, अन्तराष्ट्रिय कमिटीबाट डा बिमला भण्डारी सर्वसम्वत् प्रतिनिधि चयन भएकी हुन् ।एमालेको अधिवेशनमा प्रवासबाट ३० जना प्रतिनिधि सहभागी हुँदैछ्न् ।यूरोप महादेशबाट ५ , अमेरिका महादेशबाट ५, ओसिनिया महादेशबाट ५,मध्य पूर्व (खाड़ी क्षेत्रबाट )५, पूर्वि एशिया क्षेत्रबाट ५ र अन्तराष्ट्रिय कमिटीबाट ५ गरी जम्मा ३० जना प्रवासबाट नेकपा एमालेको महाधिवेशन प्रतिनिधि भएका हुन् । प्रवासमा रहेतापनी रास्ट्रप्रतिको उत्तरदायीत्व निर्वाह गर्न , पार्टी र देशको हितमा आवाज बुलन्द गर्न आफू प्रतिनिधि भएर आएको डा बिमला भण्डारीले आशाका किरण मिडियालाई बताइन् ।
