• Sunday 26th of July 2026

देशभर २७१ कोरोना सङ्क्रमित थपिए


  • गोकर्णेश्वर अनलाइन

देशभर पछिल्लो २४ घण्टामा थप २७१ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा १० हजार ८८६ को पीसीआर परीक्षण गरिएको थियो ।

योसँगै नेपालमा पीसीआर परीक्षण गरिएका सङ्क्रमितको सङ्ख्या आठ लाख २७ हजार ५२२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या ९६ हजार १५१ पुगेको छ । पछिल्लो समय थप २२५ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुने सङ्ख्या आठ लाख ११ हजार पाँच पुगेको छ ।

एकको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५८६ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत छ । पछिल्लो समय पाँच लाख ६८ हजार ३१९ ले कोरोना भाइरस विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ९३१ छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology