• Friday 24th of July 2026

उत्घाटन भएको केही समयमै गोकर्णेश्वर महिला महासंघ खारेजीको माग गर्दै नगरपालिकालाई ज्ञापनपत्र


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई,आशाका किरण समाचार । केही समय अगाडि जोरपाटीको पिस ब्यान्केटमा तामझामका साथ स्थापना भएको गोकर्णेश्वर महिला महासंघ विगठनको संघारमा पुगेको छ ।

संघ संस्था ऐन अनुसार दर्ता नगरेको र आफुहरुलाई अलग प्रयोजनकालागी गरिएको दस्तखत दुरुपयोक भएको भन्दै नेतृत्वकर्तानै आन्दोलित भएपछि गोकर्णेश्वर महिला महासंघको भविस्य अन्योलमा परेको छ ।

महिला संघ संस्थाको क्षमता अभिबृद्धी गर्ने हेतुले विभिन्न संघ संस्थालाई समेट्दै रेखा अर्यालको अध्यक्षतामा गठन भएको संस्था खारेजीको माग गर्दै गोकर्णेश्वर नगरपालिकामा उजुरी समेत परेको छ ।

किर्ते काम गरेर हस्ताक्षर दुरुपयोग गरेको भन्दै घोषणा गरिएको सचिव दुर्गा राणा मगर,प्रवक्ता लक्ष्मी पुडासैनी ,कोषाध्यक्ष प्रमिला शेर्पा,रोशनी बिष्ट श्रेष्ठ,सुशिला बराल र अस्मिता श्रेस्ठले फाल्गुन २६ गते पत्र दर्ता गराएका थिए ।

पत्र दर्ता भएतापनी शक्तीकेन्द्रको दबाबमा कार्यकारीले कारबाही नगरेको महिलाहरुको आरोप छ । श्रोतका अनुसार रेखा अर्याल काँग्रेस नेता विमल ठकुरी निकट मानिन्छन् ।

मेयर सन्तोस चालिसे र काँग्रेस युवा नेता दिपक रिसालको नाम गरेर समुहलाई बोलाएको र अन्त्यमा आफुखुसी गरेर बिमल ठकुरीलाई हावी गराउन खोजिएको भन्दै विवाद चुलिएको हो ।

काँग्रेसको शक्ति संघर्षको चपेटामा परेको गोकर्णेश्वर महिला महासंघ कसरी अघि बढ्छ सबैको चासोको विषय बनेको छ ।

यस्तो छ महिला महासंघ खारेजीको माग गर्दै नगरपालिकामा परेको निवेदन :

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology