सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन । स्थानीय तहको चुनावको माहोल तातेसंगै टोल टोलमा चुनावी सरगर्मी बढेको छ ।
गोकर्णेश्वर नगरपालिकामा समेत चुनावको ताप बढेको छ ।
नेकपा माओवादी केन्द्र गोकर्णेश्वरपनि चुनावको रापतापबाट अलग हुन सकेको छैन ।
चुनाव नजिकिँदै गर्दा माओवादी केन्द्रमा कपील उप्रेतीको माहोल तात्न थालेको छ ।
माओवादी फुटको बेलामा समेत दायाँबायाँ नगरी प्रचण्डलाई दरिलो साथ दिएका कपील उप्रेती अबको उम्मेदवार हुनुपर्ने माओवादीहरुमा चर्चा छ ।
मेजर इङलिसमा मास्टर्स गरेका कपील उप्रेतीसंग समाजसेवाको समेत लामो अनुभव छ ।
सुगमनगर टोल सुधार समितीका अध्यक्ष ,लायन्स क्लब अब बासुकीका अध्यक्ष ,बागमती सरोकारसमितिका उपाध्यक्ष रहेर काम गरेका उप्रेतीलाई माओवादी केन्द्रका नगर अध्यक्ष मानबहादुर लामाको समेत दरिलो साथ छ ।
इजिप्टको काइरोमा रहेको नेपाली दूतावास र नेपाल प्रहरीबाट सम्मानित भैइसकेका उप्रेतीले २२ विभिन्न देशको भ्रमण गरेर त्याहाँको विकासको मोडलको गहिरो अध्यन समेत गरेका छन् ।
गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ मा बसोवास गर्ने कपिल उप्रेती कम्युनिस्ट पृष्ठभुमिमा हुर्केका हुन् ।
बौद्धिक नेताको छवि बनाएका उप्रेतीले विभिन्न विद्यालयको सल्लाहकार समितिमा रहेर काम समेत गरिसकेका छन् ।
जनताले तिरेको करको सहि सदुपयोग गर्ने स्पष्ट भिजन भएका कारण पार्टीले न्याय गरे आफू विकास र नगरमा रहेका हरेक समस्याको निकासकोलागि नगर प्रमुखमा उम्मेदवारी दिन तयार रहेको उप्रेतीले गोकर्णेश्वर अनलाइनलाई बताए ।
कपील उप्रेतीसंगै नगरप्रमुखको रेसमा शेर्पा संघका पुर्व अध्यक्ष र पहिला बाबुराम भट्टराई नजिक मानिने पेमा छिरी शेर्पा रहेका छन् ।
टिकटमा बाजी कसले मार्छ त्यो भने हेर्न बाँकी छ।
