• Friday 24th of July 2026

गोकर्णेश्वर नगरपालिकाको मेयरको उम्मेदवार बन्ने रेसमा समाजवादीमा गोपाल बराल अगाडि : उद्धव खड्का र मन्दिर तिमिल्सिनापनि दौडमा


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन । गोकर्णेश्वर नगरपालिकामा नेकपा एकीकृत समाजवादी आफ्नो दरिलो उपस्थिति देखाउन कम्मर कसेर लागेको छ ।

चुनावी माहोलले देश तातेको बेला गोकर्णेश्वर समाजवादीमा समेत उम्मेदवार हुन चाहनेको लाईन लामै बन्न थालेको छ ।

गोनपाको मेयरमा समाजवादीबाट गोपाल बराल,उद्धव खड्का र मन्दिर तिमिल्सिनाको नाम चर्चामा छ ।

जोरपाटी गाविसका पुर्व अध्यक्ष रहेका गोपाल बराल समाजवादीकालागी हाई प्रोफाईल उम्मेदवार हुन् । नेकपा एकीकृत समाजवादीका पोलिट ब्युरो रहेका गोपाल बराल एकीकृत समाजवादीमा सर्वाधिक रुचाईएका ब्यक्ती हुन् ।

साबिक नयाँपाटी गाविसका अध्यक्ष र समाजवादी पार्टीका बागमती प्रदेश कमिटीका सदस्य उद्धव खड्का मेयरमा संभावित अर्को नाम हो । नेकपा एमालेमा रहँदा हालका प्रतिनिधि सभा सदस्य एवम् एमाले पोलिट ब्युरो सदस्य कृष्ण राईलाई पाहा पछारे जस्तै महाधिवेशन प्रतिनिधिमा पछारेका खड्का एमालेमा रहँदा सबै भन्दा बढी मत ल्याएर ९ औं महाधिवेशन प्रतिनिधि चयन भएका थिए । एमाले काठमाडौ ३ का क्षेत्रीय अध्यक्ष निर्वाचित भएर काम गरेका खड्का जनतामा समेत लोकप्रिय छन् ।

समजावादीमा मेयरको लाईनमा रहेका अर्का पात्र हुन् मन्दिर तिमिल्सिना । एमालेमा रहँदा जोरपाटी गाउँ कमिटीको अध्यक्ष बनिसकेका तिमिल्सिना अहिले समाजवादी पार्टीको उपत्यका प्रदेश कमिटीमा छन् । तिमिल्सिनापनि मेयरको टिकट पाउने आशमा कम्मर कसेर लागेका छन् ।

त्यस्तै नेकपा एकीकृत समाजवादीमा गोबिन्द श्रेष्ठ,बिनय सिंखडाले समेत आकांक्षा देखाउन थालिसकेका छन् ।

समाजवादी एक्लै भिड्छ कि गठबन्धनमा त्यो भने हेर्न बाँकी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology