• Friday 24th of July 2026

माओवादी केन्द्रबाट गोकर्णेश्वर ५ को वडा अध्यक्षको उम्मेदवारको दौडमा मानबहादुर लामा र सन्दीप उप्रेती : कसले मार्ला बाजी ?


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन। स्थानिय चुनावको माहोलले देश तातेको बेला गोकर्णेश्वर नगरपालिकामा नेकपा माओवादी केन्द्र आफ्नो दरिलो उपस्थिति देखाउन कम्मर कसेर लागेको छ ।

चुनावी चर्चाले देश तातेको बेला गोकर्णेश्वर नेकपा माओवादी केन्द्रमा समेत वडा अध्यक्षको उम्मेदवार हुन चाहनेको लाईन लामै बन्न थालेको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ मा माओवादी केन्द्रबाट वडा अध्यक्षको उम्मेदवार बन्ने लाइनमा मानबहादुर लामा र सन्दीप उप्रेती अग्रपंक्तिमा देखिएका छन् ।

घरजग्गा व्यापारी र क्याटरिङ संचालक समेत रहेका मानबहादुर लामा नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष हुन् ।

त्रिभुवन विश्वविद्यालयबाट फिजिक्समा मास्टर्स गरेका सन्दीप उप्रेती शैक्षिक परामर्श केन्द्र संचालक र माओवादी केन्द्र गोनपा ५ का वडा कमिटी अध्यक्ष हुन् ।

पार्टीमा मानबहादुर लामाको बलियो पकड छ भने सन्दीप उप्रेती युवा पुस्तामा लोकप्रिय छन् ।

यस अगाडिको स्थानीय चुनावमा वडा अध्यक्षमा सम्मानजनक मत ल्याएर मानबहादुर लामा पराजित भएका थिए ।

फेरि लामालाई टिकट दिँदा मत परिणाम उस्तै आउने भएकाले माओवादी केन्द्रमा युवा पुस्तालाई अघि सार्नुपर्ने आवाज समेत बलियो हुँदै गएको छ ।

सत्तारुढ दलले गठबन्धन गरेपनी आफ्नो पकड रहेका कारण अरु ठाउँ छाडेपनी माओवादी केन्द्रले ५ नम्बर वडा नछाड्ने संकेत गरीसकेको छ ।

अब टिकट कसले पाउँछ त्यो हेर्न बाँकी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology