सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन ।। गोकर्णेश्वर नगरपालिकामा नेकपा माओवादी केन्द्र आफ्नो दरिलो उपस्थिति देखाउन कम्मर कसेर लागेको छ ।
चुनावी माहोलले देश तातेको बेला गोकर्णेश्वर ६ को माओवादी केन्द्रमा समेत उम्मेदवार हुन चाहनेको लाईन लामै बन्न थालेको छ ।
गोनपा ६ बाट मैदानमा भिड्न उद्धव आचार्य र निल प्रसाद ढुंगाना लागिपरेका छन् ।
पार्टीको स्थिति कमजोर भएपनी माओवाद जोगाउन र गुमेको साख पर्काउन आफू उम्मेदवार हुन लागेको उद्धव आचार्यले बताए ।
पार्टीको वडा अध्यक्ष समेत रहेकाले टिकट आफुले पाउनुपर्ने निल प्रसाद ढुंगानाको दाबी छ ।
उद्धव आचार्य निर्माण व्यवसायी हुन भने निलहरी ढुंगाना घरजग्गा व्यवसायी हुन् ।
