• Wednesday 29th of July 2026

विकासको लागि एमाले आवश्यक छ : अध्यक्ष ओली


  • गोकर्णेश्वर अनलाइन

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको विकासका लागि स्थानीयदेखि सङ्घीय निर्वाचनमा एमालेको जीत आवश्यक रहेको बताउनुभएको छ ।

एमाले जिल्ला कमिटी लमजुङद्वारा आज बेँसीशहरमा आयोजित कार्यक्रममा एमालेको सरकार रहँदा देशमा विकास गरेको दाबी गर्दै उहाँले वर्तमान सरकारले १० महिनामा विकासको गति दिन नसकेको आरोप लगाउनुभयो ।

कार्यक्रममा एमाले केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशसभा सदस्य मायानाथ अधिकारी, संविधानसभा सदस्य तथा पार्टी सचिवलय सदस्य डा भिष्मनाथ अधिकारी, संविधानसभा सदस्या तथा पार्टी केन्द्रीय सदस्य जमिन्द्रमान घले, एमाले गण्डकी प्रदेश कमिटि सचिव तथा प्रदेशसभा सदस्य धनञ्जय दवाडी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology